अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम रोक्याे

50

जनकपुरधाम । उचित मुआब्जाको माग गर्दै महोत्तरीमा अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम स्थानीयबासिन्दाले रोकेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. ८ भगवानपुरमा काम अवरोध गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन् ।

महोत्तरीमा अहिले पोलमाथि तार तान्ने काम भइरहेको छ । स्थानीयबासिन्दाले तार मुनिको खेत र क्षति भएको बालीनालीको उचित मुआब्जा दिनु पर्ने माग गरिरहेका छन् ।

स्थानीय रामविनय यादवका अनुसार त्यस क्षेत्रमा पोल गाडिएको खेतको प्रति कठ्ठा ४ लाख ६८ हजार मुआब्जा दिइसकिएको छ । तर तार मुनिको खेतको प्रतिकठ्ठा ७० हजार २०० रुपैयाँ मात्र दिने भनिएको छ ।

तर स्थानीयबासिन्दाले तारमुनिको जमिनमा रुख विरुवा लगाउन र घर बनाउन नपाइने भएकाले पोल गाडिएकै खेतको बराबर मुआब्जा पाउने पर्ने माग राखेका छन् । उनीहरुले तारतान्दा क्षति हुने बालीको मुआब्जा दिनु पर्ने पनि अडान राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here