काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु.एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु. एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक लाख छ हजार एक सय तोकिएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस