६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गयाे

12

कोलम्बो  । जनवरी महिनामा ६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताउनुभएको छ ।

उहाँले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्का गएको बताउनुभएको छ ।

मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने  जनाकारी दिनुभएको छ ।

नानायक्काराले गत वर्ष एक हजार ७० श्रीलङ्काली हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिनुभएको छ  । इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ । सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here