पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन

79

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि रोगबाट ग्रसित मुशर्रफको आइतबार दुबईस्थित एक अमेरिकी अस्पतालमा निधन भएको युनाइटेड अरब इमिरेट्स (यूएई)का सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुशर्रफ लामो समयदेखि ‘अमाइलाइडोसिस’ नामक रोगसँग लड्दै थिए । उनी सन् २०१६ देखि दुबईमा बस्दै आएका थिए ।

केही समयअघि सार्वजनिक एक भिडियोमा मुशर्रफ हिँड्न समेत नसक्ने स्थितिमा देखिएका थिए । उनलाई गत वर्षको जुन १० मा अस्पतालमा भर्ना गरिएको थियो । मुशर्रफको जन्म सन् १९४३ अगस्ट ११ मा दिल्लीमा भएको थियो । भारत–पाकिस्तानको विभाजन हुनु केही दिनअघि मात्र उनको परिवार पाकिस्तानी क्षेत्रमा सरेको थियो । बेलायतबाट स्वतन्त्र भएपछि उनका बुवा सइदले पाकिस्तान सरकारको विदेश मन्त्रालयमा रहेर काम गरेका थिए ।

मुशर्रफलाई सन् २०१४ मा पाकिस्तानी अदालतले २००७ को नोभेम्बरदेखि डिसेम्बरको मध्यसम्म संविधान निलम्बन गरेको अभियोगमा फाँसीको सजाय सुनाएको थियो । मुशर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानको सत्ता चलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here