विभिन्न हातहतियार सहित पक्राउ

70

धनुषा । जनकपुर उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साहलाई कटुवा पेस्तोल १ थान, म्यागनममा लाग्ने गोली १ थान र सोको खोका १ थान र ३०३ राईफलमा लाग्ने गोली ४ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनी उपर मिटर ब्याज सम्बन्धी उजूरी परेपछि थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको घर तथा पसलमा तलासी गर्दा उक्त हतियार र पीडितको नाममा जग्गा रोका रहेको फारम ५ थान, कपाली तमसुक १५ थान र रकम उल्लेख नगरी दस्तखत भएको चेक १ थान समेत फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here