राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

67
sf7df8f}F, @@ df3M /fli6«o;ef ;b:o pDd]bjf/L btf{kl5 ;~rf/sdL{;Fu cof{n /fli6«o;efsf ;b:o pld{nf cof{n /fli6«o;efsf] pkfWoIfsf] lgjf{rgsf nflu pDd]bjf/L btf{ u/fPkl5 ;~rf/sdL{;Fu s'/fsfgL ug'{x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रियसभा सदस्य उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी छन्।

सोमबार बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो। राष्ट्रियसभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे।

उनले भने, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here