सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भन्ने शब्द सच्याउन रिट दायर गरेपछि हटाउने निर्णय

42

गान्तोक । आम हडतालदेखि विशाल आन्दोलन हुन थालेपछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

केन्द्र र राज्य सरकारले छुट्टा– छुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शब्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरेपछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शब्द हटाउने निर्णय गरेको हो ।

गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका बहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय आन्दोलित भएको थियो ।

सिक्किमलगायत क्षेत्रमा आम हडतालदेखि विशाल प्रदर्शनसम्म भएको थियो । सिक्किमलगायत नेपाली भाषा बाहुल्य क्षेत्रमा विशाल प्रदर्शन मात्रै भएको थिएन, आम हडतालसम्म हुदाँ भारतका नेपाली भाषी शहर ठप्पसमेत भएका थिए ।

आन्दोलन निरन्तर चर्किँदै जान थालेपछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरेको छ ।

सर्वोच्चको उक्त निर्णयसँगै सिक्किममा भईरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here