गठबन्धनको सहकार्यलाई निरन्तरता दिने

40

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ ।

बैठकमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका कामकारबाहीको समीक्षाका साथै यही गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको बताए।

भावी राष्ट्रपतिको विषयमा भने सत्ता गठबन्धनका दलहरूबीच कुनै असमझदारी नभएको उनले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा लिङ्देनले यसबारे सकारात्मक छलफल भएको बताए।

‘केही प्राविधिक विषयहरु मिलाउने हो भने रास्वपा चाँडै सरकारमा आउन सक्छ,’ उनले भने। बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here