एजेन्सी । भारतको टाटा ग्रुप अन्तर्गत एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता हो ।
फ्रान्सको जहाज निर्माता कम्पनी एअरबसबाट एकैपटक दुई सय ५० वटा विमान खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले घोषणा गरेका छन् ।भर्चुअल रुपमा भएको घोषणा कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थिति रहेको थियो ।
सम्झौतामा ४० वटा ए–३५० वाइड बडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारो बडी विमान हुने समाचार संस्था एएनआईले जनाएको छ ।


















