गोल हुनबाट बचाएका गोलकिपरको मृत्यु

44

काठमाडौं ।  बेल्जिएमका गोल किपर अर्ने एस्पिलको मृत्यु भएको छ। २५ वर्षीय गोल किपर अर्नेले गोल हुनबाट बचाए पनि उनी आफू भने बाँच्न सकेनन्।

पेनाल्टी रोकेपछि मैदानमै ढलेका अर्नेलाई तत्काल अस्पताल लगिएको थियो। तर अस्पतालमा चिकित्सहरुले मृत घोषणा गरे। सीएनएनका अनुसार घटना शनिबारको हो।

अर्ने विंकेल स्पोर्टस बी फुटबल टिमबाट किपर थिए। यो क्लब बेल्जिएमको बी डिभिजन टिम हो। वेस्ट्रोजेबेकेलाई खेलको दोस्रो हाफमा पेनाल्टी हाल्ने मौका मिलेको थियो।

एस्पिलले उक्त पेनाल्टी त रोके। तर उनी मैदानमै ढलेका थिए। त्यसपछि मेडिकल टिमले उनलाई बचाउन कोशिस गरे पनि उनको होस आएन। थप उपचारका लागि उनलाई अस्पताल लगियो, तर उनी बाँच्न सकेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here