काठमाडौं । यो वर्षको प्रतिक्षित कथानक चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ ।
शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । ट्रेलरले ४२ हजार बढी लाइक पनि पाएको छ ।
नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक राज गिरीकै कथा, पटकथा तथा संवाद रहेको कथानक आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रका कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।


















