अमेरिकाका राष्ट्रपतिले रुसी राष्ट्रपतिमाथि निशाना

37

आज अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि निशाना साँधेका छन् । उनले पुटिनलाई तानाशाह भन्दै उनले एउटा मात्रै भाषा बुझ्ने बताए । पुटिनले ‘हुँदैन, हुँदैन, हुँदैन’ भन्ने भाषा मात्रै बुझ्ने बाइडेनले आरोप लगाएका छन् ।

त्बतब
ल्ःद्य
नेटोलाई पहिलाको भन्दा थप बलियो बनाउने बाचा गर्दै उनले पुटिनको गलत सोचेको बताए । उनले भने, ‘पुटिनले सोचेका थिए कि विश्व उल्टिनेछ तर उनी गलत थिए ।’

ीबहmष् दबलप
उनले थपे, ‘रुसी हमलाका बेला युक्रेन बलियो, गर्विलो, ठुलो र स्वतन्त्र छ र युक्रेनलाई पश्चिमी देशले दिएको समर्थन बेकारमा जाँदैन ।’

बाइडेनले पश्चिमी देशको लोकतन्त्रको प्रशंसा गर्दै उनीहरू सबै रुसी हमलाको उद्देश्य उजागर गर्नका लागि एकजुट भएको बताएका छन् ।

वारसामा शाही महलमा उनले भ्लादिमिर पुटिनले पश्चिमी देशमाथि लगाएको थुप्रै आरोपको जवाफ दिए । यसअघि मङ्गलवार पुटिनले मस्कोमा युक्रेन सङ्कटका लागि पश्चिमी देशको उत्तेजित पार्ने खालको कारवाहीलाई जिम्मेवार बताएका थिए ।

पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले जो बाइडेनको स्वागत गर्दै युक्रेनको राजधानी किभको यात्रा गरेर बाइडेनले यसलाई स्वतन्त्र दुनियाँलाई कसैसँग डर नलाग्ने पनि बताए ।

डुडाले नेटोको काम स्वतन्त्र दुनियाँको रक्षा र मद्दत गर्ने भएको बताएका छन् । उनले युक्रेनले यो लडाइँ जित्नै पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here