काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहलाई उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गरेका छन् ।
उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएकोले काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्दै मेयर महर्जनले शुक्रबार मेयर साहलाई पत्र बुझाएका छन् ।
पत्र बुझाउँदै महर्जनले भने, ‘उपत्यकाका दुई महानगर बीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौं । जसका लागि ललितपुर काठमाडौंको सहयात्री बन्छ । काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ ।’ महर्जनले उपत्यकाका अन्य नगरपालिकासँगको हातेमालो पनि अपरिहार्य भएको बताए ।


















