टाेखा । गत कार्तिक महिनादेखि बन्द भइरहेकाे टाेखा क्येबः गर्मी बढेसंगै नयाँ सुविधाका साथ पुनः सञ्चालनमा ल्याएकाे आज बिहिबार एक कार्यक्रमको आयोजना गरी जनाएकाे छ ।
टाेखा क्येबःका संस्थापक अध्यक्ष सुशान्त डंगोलका अनुसार टोखा क्येबः स्थापनाको उद्वेश्यका साथ स्थानीय नेवाः कला, संस्कार,संस्कृति, रितिरिवाज,परम्परा नयाँ पुस्तालाई हस्तान्तरण र पुस्तान्तरण गर्ने मुल ध्ययकासाथ २०७१ सालमा स्थापना भई २०७३ साल जेठ ३१ गतेदेखि बृहत् रुपमा सञ्चालनमा आएको हो। क्येबमा खुल्ला संग्रहालय, पुस्तकालय, बलबालिका र वयस्कहरुका लागि तीनवटा स्विमिङपुल दुईवटा स्यलाइदिङ्ग, वेवी फन पार्क सञ्चालनमा रहेको जनाए ।
क्येबः सञ्चालनमा आएदेखि सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत, तीनबर्षसम्म निः शुल्क योग सिविर सञ्चालन,सांस्कृतिक कार्यक्रम, पोषण पुस्तक प्रकाशन, बाढिपहिरो पिडितलाई राहत बितरण गर्दै आईरहेको छ। क्येबले स्वुमिङ सिकाउने, स्वुमिङ प्रतियोगिता,सांगीतिक कार्यक्रम,साहित्यिक कार्यक्रम, विविध प्रकारका सांस्कृतिक नृत्य आयोजना गर्ने, कन्सर्ट आयोजना गर्ने, हाइकिङ कार्यक्रम आयोजना गर्दै आईरहेको छ।
योग गुरु हरिॐम अधिकारीले क्येबमा तीन बर्ष योग शिविर सञ्चालन गरेको र सिबिर बाट योगगुरुहरु पनि उत्पादन भएको र सो सिविर सञ्चालन ताका टोखा क्येबबाट निःशुल्क सहज वातावरण निर्माण गरिदिनुभएको क्येबलाई धन्यवाद ज्ञापन गरे।
नायब निरिक्ष सुनिल पनेरुले आफु यो नगरपालिकामा नयाँ नियुक्त भएर आएको र यो स्थानको शान्ति सुरक्षा कायम गर्नको लागि एकआपसमा हातेमालो गरेर अगाडि बध्ने जानकारी गरे। प्रमुख अतिथि वडा अध्यक्ष रमेश डंगोल क्येबः स्थापना देखि विविध वादाअवरोध ब्यहोर्दै आइरहेको अवगत गराए ।
टोखाका युवा जमातको समूहले सञ्चालनमा ल्याएको क्यबले स्थानिय कला, संस्कार, संस्कृति,उत्थान गर्ने उद्येश्यले समय समयमा विविध कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र आगामी दिनहरुमा यस्ता कार्यक्रममा वडाको तर्फबाट सक्दोसहयोग गर्ने बाचा व्यक्त गर्नुका साथै उत्तरउत्तर प्रगतिको कामना व्यक्त गरे।






















