नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिए

40

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । उनले सभामुखसमक्ष सोमबार राजीनामा पत्र बुझाएका हुन् । गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

कांग्रेस वरिष्ठ नेता रहेका उनले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here