आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

42

काठमाडाैं  । माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।  गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ।  देशका पहाडी भू-भागका थोरै  स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु आग्रह  गरेकाे छ  ।

२०७९ चैत १ गते (बुधबार)

दिउँसोː  देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

रातीː  देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत २ गते (बिहिबार)

दिउँसोː  देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी  भेगका केहि स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː  देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागहरूको थोरै स्थानहरुमा  मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ३ गते (शुक्रवार)

दिउँसोː  देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी  भेगका केहि स्थानहरू तथा तराई भेगका एक-दुई स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː  देशभर आंशिक देखी सामान्य बदली रहने छ। पहाडी भू-भागहरूको थोरै स्थानहरुमा  मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here