केपी ओलीले उपराष्ट्रपति यादवलाई बधाई दिए

45

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन्। 

गत फागुन ३ गते एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई हराउँदै जनता समाजवादी पार्टीको संसदीय दलका  नेता यादव विजयी भएका थिए।

यादवलाई संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस माओवादी लगायतका दलले समर्थन गरेका थिए भने जनमत र नागरिक उन्मुक्ति पार्टीले आफ्नै उम्मेदवार उठाएका थिए भने एमाले आफ्नै उम्मेदवार उठाएको थियो। उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले सांसद पदबाट हिजो राजीनामा दिएका थिए।

उनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here