पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार बढिरहेका बेला चालू आवको पुस मसान्तसम्ममा सरकारसले विदेशी मुलुक र संस्थाहरुसँग १ खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग सम्झौता गरेको हो । अर्थ मन्त्रालयले पुस महिनासम्ममा विभिन्न निकायसँग बजेट सहायतासहित १७ आयोजनाका लागि यो विकास सहायता सम्झौता गरेको हो ।
यो सहायता मध्ये १ खर्ब १४ अर्ब रुपैयाँ ऋण र २३ अर्ब १२ करोड अनुदान सम्झौता हो । कुल सम्झौता मध्ये अनुदानको अंश करिब १७ र ऋण ८३ प्रतिशत रहेको छ । आजको कारोबार दैनिकबाट


















