एजेन्सी । लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याकमा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याकमा हालै चीन फर्किएका छन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा थिए । यो पत्रिका ज्याक माको कम्पनी अलिबाबाको स्वामित्वमा छ ।
५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेका थिए । त्यसयता उनी विरलै सार्वजनिक रूपमा देखिए ।
ज्याक मा प्राविधिक उद्यमीहरू विरुद्धको अभियान पछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइल अरबपति थिए । साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार उनी केही समय हङकङमा बसे जहाँ उनले साथीहरूसँग भेटघाट गरे ।
उनी अन्तर्राष्ट्रिय कला महोत्सवमा पनि गए । ज्याक मा कृषि प्रविधिको बारेमा जानकारी लिन विभिन्न देशको भ्रमण गरिरहेका थिए तर पछिल्ला वर्षहरूमा उनी किन सर्वसाधारणको नजरबाट टाढा थिए भन्ने जानकारी भने अखबारले दिएको छैन ।


















