काठमाडाैं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला द्वारा आयोजना गरिएको नायः खिं बाजा प्रर्दशन कार्यक्रम गत शनिवार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अथिति बागमती प्रदेशका सांसद हरि प्रभा खड्गी, अथिति समिता खड्गी तथा सरिता खड्गी पाल्नु भएको थियो।
परम्परागत नायः खिं बाजा संरक्षण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम मा १५ वटा नायः खिं बाजा खल हरू द्वारा परम्परागत नायः खिं बाजा तथा नृत्य प्रस्तुत गरिएको थियो भने राष्ट्रिय नायः खिं बाजं खलद्वारा फ्युजन सहित नायः खिं बाजा प्रस्तुत गरिएको थियो।
नायः खिं बाजं संरक्षण तथा प्रवर्द्धन गर्न र नायः खिं बजाउन युवा पुस्तालाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको र आगामी बर्षहरुमा पनि यसलाई कार्यक्रम गर्ने जानकारी समाजका जिल्ला सचिव प्रतिक खड्गीले जानकारी दिनु भयो।


















