चन्द्रमामा बस्ती बसाउन सकिने तथ्य पत्ता लाग्याे

45

एजेन्सी । चन्द्रमामा नयाँ र नवीकरणीय पानीको स्रोत भेटिएको र पछि त्यहाँ बस्ती बसाउन सहज हुने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।

सन् २०२० मा चीनले चन्द्रमाबाट ल्याएको माटोमा साना शीशाका दाना थिए र तिनमा पानी थियो । उल्कापिण्डले पारेको खाडलमा ती साना शीशाहरू भेटिएका थिए ।

चम्किला र बहुरंगी दानाभित्रको पानी झिक्न सजिलो हुनेछ । तिनलाई इन्धन वा अन्तरिक्षयात्रीले पिउने पानीका रूपमा पनि उपयोग गर्न सकिनेछ । चन्द्रमामा पानी छ भन्ने कुरा वैज्ञानिकहरूलाई वर्षौंअघि थाहा भइसकेको थियो । चन्द्रमाको ध्रुवमा रहेका अँध्यारा क्षेत्रमा बरफ भेटिएकाले पानीको अस्तित्वको अनुमान गरिएको थियो । तर अहिले शीशाभित्र पानी भेटिँदा निरन्तर जलचक्रको प्रमाण भएको वैज्ञानिकहरूको आकलन छ ।

बेइजिङको छाङ’ए ५ चन्द्रमा अभियानले यी शीशाहरू ल्याएको हो । त्यसको अध्ययनको निष्कर्ष नेचर जियोसाइन्स नामक जर्नलमा प्रकाशित छ । यस्ता शीशाहरू अर्बौंको संख्यामा रहेकाले तिनबाट पानी निकालेर प्रयोग गर्न सकिने उक्त अध्ययनमा सहभागी वैज्ञानिक हच्यु हुईले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here