जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो : सिके राउत

51

काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरू मन्त्री पदको भोको नभएको बताएका छन्। शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि अध्यक्ष राउतले यस्तो बताएका हुन्।

जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो। अब्दुल खानलाई धेरै धेरै बधाई छ। उहाँले  राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र स्वराजी कुनै मन्त्री पदको भोको होइन, हामी जनताका सेवक हौं। काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताको लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने हामी त्यहाँ टाँसिरहनुको औचित्य हुँदैन,’ उनले भनेका छन्।

अध्यक्ष राउतले आफूहरूले निर्वाचनको क्रममा जनतासँग शिक्षा, स्वास्थ्य, रोजगारी, किसान आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता समस्या समाधान, आन्दोलनकारीको मुद्दा फिर्ता र राजबन्दीको रिहाई सहितका कुरा सकारात्मक दिशामा अगाडि बढाउन नसकिएकाले सत्ताकै लागि कुर्सीमा नटाँसिने बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here