काठमाडाैं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच पार्टी एकता घोषणा भएको छ।
मशाल मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) बाट हालै अलग भएको समूह हो। यो समूहको नेतृत्व सन्तबहादुर नेपालीले गरेका छन्।
पार्टी एकताको आधारहरु माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभुत कार्यक्रम रहेको जनाइएको छ।
उनले भने, ‘यो पार्टी एकताको प्रक्रियामा पार्टी एकताका हाम्रा आधारहरु छन्, अभिव्यक्तिहरु छन् माक्र्सवाद, लेनिनवाद, माओवाद। नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद हाम्रो राजनीतिक कार्यदिशा। क्रान्तिमा बल प्रयोगको भूमिका अनि वर्तमान राज्यसत्ता र व्यवस्थाको विरोध। सर्वहारा अन्तर्राष्ट्रियवाद। महान जनवाद सांस्कृतिक क्रान्ति प्रतिको प्रतिवद्धता। र जनवादी केन्द्रियताको आधारमा संगठन सञ्चालन भनेर संक्षिप्तमा बुँदागत रुपमा जुन विषयहरु प्रश्तुत गरिएका छन्। हामी त्यसकै अनुसार अगाडी बढ्नेछौँ।’
पत्रकार सम्मेलनमा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिष्ट र वामपन्थीहरु संगठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए। उनले सबै कम्युनिष्टहरुलाई एकता प्रक्रियाभन्दा बाहिर नबस्न आग्रह गरे। उनले अब क्रान्तिकारी कम्युनिष्टहरु देशको मुल प्रवाह बन्ने बताए।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरु एकतावद्ध हन लागेको बताए। पार्टी एकताको घोषणा भने आगामी अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा गरिने जानकारी गराइएको छ।


















