अब स्मार्ट फोनले पक्डिनेछ मुटुको समस्या

59

एजेन्सी  । ब्लड क्लटिङ एक गम्भीर स्वास्थ्य समस्या हो। यदि तपाईंको ब्लड क्लटिङ कम हुन्छ भने ब्रेन हेमरेजको खतरा रहन्छ। यसमा आन्तरिक रक्तश्राव हुन्छ र मृत्यु हुन सक्छ।

यदि रगतमा क्लटिङ बढी हुँदा थ्रोमोबिसिसको खतरा हुन्छ र यसबाट हृदयाघात हुन सक्छ। ब्लड क्लटिङ भइरहेको छ कि छैन? यसबारे जान्नका लागि हालसम्म चिकित्सा जगतले शरीरबाट रगत निकालेर जाँच गर्ने गरेका छन्। तर अब आफ्नै स्मार्ट फोनबाट आफैं ब्लड कलटिङको जाँच गर्न सक्ने समय आउँदैछ।

पहिलो मोबाइल फोन बनाउने टिको नेतृत्व गर्ने मार्टिन कुपरले यही हप्ता सेलफोनबाट स्वास्थ्यको मनिटरिङ गर्न सक्ने टुल बनाउन लागिएको जानकारी दिएका छन्। जुन सम्भावना सत्यको नजिक देखिरहेको छ।

सन् २०२२ मार्चमा वासिंगटन युनिभर्सिटीमा वैज्ञानिकले रगतको एक थोपामा क्लटिङ पत्ता लगाउन आइफोनको प्रयोग गरेका थिए।

उनले डिभाइसका लाइट डिटेक्टिङ एन्ड रेजिङ सेन्सरको प्रयोग गरेका थिए। जुनको फोनको वरपरको थ्रीडी इमेज बनाउने प्लकस्ट बिमको प्रयोग गर्छ।

यो त्यो उपाय हो, जो आफ्नो डिवाइसको वास्तविक र भर्चुअल दुनियाँको अग्मेन्टेड रियालिटीसँग मिलाउनका लागि वस्तु वा दूरीको निश्चित नाप लिने अनुमति दिन्छ।

यसले त्यस्तो पनि देखाउँछ कि, तपाईंको कोठाको फर्निचरको एक टुक्रा कस्तो देखिन्छ? यो तस्बिर लिने समयमा अटो फोकसलाई राम्रो बनाउन पनि यसले मद्दत गर्छ।

तर, सेन्सर यति सटिक हुनुपर्‍यो कि रगतको गाढापन र दूधमा रहेको मिलावटसमेत थाहा पाउनुपर्छ। उदाहरणका लागि यदि दूधमा फ्याटको मात्रा अलग-अलग हुन्छ भने प्यार्टी बदलिन्छ। ब्लड क्लटिङको मामलामा पनि यस्तै हुन्छ।

टोरन्टो विश्वविद्यालय क्यानडा र चीनको झेजियाङमा होंगुजु नर्मल युनिभर्सिटीका शोधकर्ताले एस एल्गोरिदम विकसित गरेका छन्, जसको अगाडिको क्यामेराबाट लिइएको तस्बिरमा अनुहारमा देखिने रक्त प्रवाहको पहिचान गर्न सक्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here