साइबर सुरक्षा गोष्ठी-२०८१ जंगी अड्डामा सञ्चालन

3

काठमाडौं ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रूपमा देखा परिरहेको साइबर अपराधलाई अनुगमन, नियमन र नियन्त्रण गर्न आवश्यक पहलहरूको पहिचान गर्ने उद्देश्यले सञ्चालित चौथो संस्करणको एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८१ बिहीबार जंगी अड्डामा सञ्चालन भएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रधान सेनापति महारथी प्रभुराम शर्माले समापन मन्तव्य राख्दै डिजिटल सम्पत्तिहरुको सुरक्षा मात्र नभई राष्ट्रको सार्वभौमसत्ताको रक्षा, महत्त्वपूर्ण प्राविधिक पूर्वाधारहरुको सुरक्षा तथा नागरिकहरुको सरकारप्रतिको विश्वास समेत कायम गर्नका लागि बलियो साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य भएको बताए।

उनले साइबर हमलाको जोखिम बढ्दै गएको अवस्थामा साइबर हमला तथा यसका जोखिमहरुलाई न्यूनीकरण, निष्तेज र निर्मूल गर्दै संवेदनशील सूचना र सञ्चार प्रविधि  पूर्वाधारहरुको रक्षा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरुको समन्वय र सहकार्यको आवश्यकतामाथि जोड दिए।

दुई चरणमा संचालित गोष्ठीमा विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता थियो।

कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल, रथीहरु तथा अधिकृत, सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा संलग्न सरकारी, गैरसरकारी तथा अन्य सुरक्षा निकायका पदाधिकारीहरू, शैक्षिक संस्थाका प्राज्ञिक व्यक्तित्व उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here