११ वटा कथा समावेश भएकाे सत्याग्रह प्रकाशन

38

काठमाडौं । काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।

यस कथासङ्ग्रहभित्र ११ वटा कथाहरू रहेका छन् । प्रायः कथाहरू हुँदा खाने भुइँमान्छेहरूको पीडा, अभाव, संघर्षआदिलाई विषयवस्तु बनाएर लेखिएका छन् । जीवन संघर्षमय भएकाले हरेक परिस्थितिसँग जुधेर जीवन जिउनु पर्ने सन्देश कथामार्फत् कथाकार लाकोजूले दिनुभएकाे छ।

कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि रहेका छन् । सामाजिक सञ्जालको दुरुपयोगका कारण जीवन बर्बाद भएको प्रसङ्ग पनि कथामा छन् । राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथामा छन् ।

साहित्यकार लाकोजूका कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक र अनुवाद गरी तीन दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । कविता विधाका कवि लाकोजूको यो कथासङ्ग्रह भने पहिलो कृति हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here