दराजले नयाँ वर्ष अन्तर्गत ‘किनौ सबै दराज’ भन्ने सन्देशका साथ याेजना ल्यायाे

90

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान नव वर्ष उत्सव: नयाँ वर्ष, नयाँ रहरको औपचारिक घोषणा गरेको छ।

योसँगै दराजले ‘किनौ सबै दराजमा’ भन्ने मूल नाराका साथ आफ्नो प्लेटफर्ममा इच्छाअनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता तथा बिक्रेतालाई एक आपसमा जोड्ने क्रमलाई पनि जोड दिएको छ।

दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवरका अनुसार दराज नेपालले गुणस्तरीय उत्पादन मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर भएको जानकारी दिइन्। साथै नेपाली नयाँ वर्षका लागि दराज नेपालले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको उनको भनाइ छ।

नेपाली नयाँ वर्ष अभियानले ‘किनौ सबै दराज’ भन्ने सन्देश पनि ल्याएको छ। यो अभियानका क्रममा दराजले मेा भिग–अवेमा १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ बराबरको रियलमी जीटी–२ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा ५ हजारसम्मको छुट र प्रिपेमेन्टमा एक हजार सम्मको छुट उपलब्ध गराएको छ। यी सबै अफरहरु बैंक कार्डमा लागू हुने कम्पनीले जनाएको छ।

यसका साथै नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया, सानिमा, प्रभु र नेपाल एसबीआई बैंकका कार्ड भएका ग्राहकहरुले प्रि पेमेन्टमा २० प्रतिशतसम्म अर्थात एक हजार रुपैयाँसम्मको छुट पाउनेछन्।

यस्तै ग्राहकले आईएमई पे मार्फत् प्रिपेमेन्टमा १० प्रतिशत अधिकतम २ सय रुपैयाँ र ई सेवामा अधिकतम १० प्रतिशत १ सय रुपैयाँसम्मको छुट पाउने दराजले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here