सरकारमा रहेपनि अवस्था सहज छैन : प्रचण्ड

24

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा भएका कारण अवस्था ठिकै जस्तै लागेपनि सहज नरहेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा कार्यकर्तासँग छलफल गर्दै उनले विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए।

‘अहिले हामी सरकारमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, म बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन,’ उनले भने। वुद्धि नपुर्‍याउने र जिम्मेवारी बोध गरेर संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने उनले बताए।

संविधान सभाबाट भएको घोषणालाई आत्मसाथ गरे पनि त्यसलाई विभिन्न तर्क, विर्तक गरेर असफल पार्ने र उल्ट्याउने काम हुन थालेको प्रचण्डको भनाइ छ। उनले थपे, ‘सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ भन्ने कसरत ठूलै छ।’

उनले आगामी दिनमा नेकपा माओवादी केन्द्रले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here