कोरोना भाइरस संक्रमित महिलाको मृत्यु

31

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक कोरोना भाइरस (कोभिड) संक्रमित महिलाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको आज बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको उनले बताए।

मुटुको बिरामी रहेकी ती महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here