लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

58

झापा । नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट गरेको अभियोगमा दमक नगरपालिका-९ शान्तिमार्ग बस्ने ३६ वर्षीय सन्तोष कुमार पराजुली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका-९ चिया बगानस्थित ईलामबाट चिलाउनेको काठ लोड गरी आएको मे.१ त ५००९ र मे.१ त ४९४७ नम्बरको ट्याक्टरका चालकलाई अपरिचित ७/८ जना व्यक्तिहरूले कुटपिट समेत गरी उक्त काठ र नगद लुटि लगेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै लुटपाट गरी उक्त चिया बगानमा लुकाई राखेको काठसमेत प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here