काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज (वैशाख ४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ बिक्री तथा बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँबराबरका १६ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । जारी पुँजीको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरका पाँच लाख ४२ हजार ५८३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्ट्याएकामा पाँच लाख पाँच हजार ७८० कित्ता सेयर मात्र वितरण भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कम्पनीले एक लाख आठ हजार ५१७ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।


















