सरकारले जनस्वास्थ्य मापदण्ड पालनाका सूचना प्रवाह गर्न आग्रह

20

काठमाडौं । सरकारले कोभिड-१९ लगायत अन्य संक्रमण रोगमा सावधानी अपनाउन सचेतनासहितका जनस्वास्थ्य मापदण्ड पालनाका सूचना प्रवाह गर्न आग्रह गरेको छ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख एवं पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै मोबाइलको रिङ्टोन लगायत अन्य माध्येमबाट कोभिड लगायत अन्य संक्रमण रोगमा सावधानी अपनाउन सचेतना सहितका जनस्वास्थ्य मापदण्ड पालनाका सूचनाहरु प्रवाह गर्ने आग्रह गरेको हो।

बैठकले पाँच बुँदे निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई पत्रचार गरिसकेको छ। बैठकले विमानस्थल र सीमानाकामा लक्षण देखिएका  यात्रुको पहिचान गरेर परीक्षण र आइसोलेसनको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

कोरोना नियन्त्रण गर्न इच्छुक एवं जोखिम समूहलाई कोरोनाविरुद्धको खोप लगाउन बैठकको आग्रह छ।

आवश्यक औषधि, खोप, अन्य  मेडिकल इक्युपमेन्टको मौज्दात संकलन तथा आयात गर्नुपर्ने लजिष्टिक समानाको सूची तयार गर्न आग्रह छ।

लामखुट्टे सर्नसक्ने रोग डेंगु नियन्त्रणका लागि फोहोर पानीको उचित व्यवस्थापन गर्ने, सरसफाइमा सचेतना अपनाउनु पर्ने विषयका साथै पालिकाक्षेत्रमा पानी जम्ने  स्थान, पोखरी, तलाउ, आदिमा पानी स्थिर हुन नदिन, हरेक पाँच दिनको अन्तरालमा पानी चलायमान बनाउने  व्यवस्थाका लागि तिनै तहका  सरकारसँग अनुरोध गर्ने र समयमै  प्रभावकारी  कार्ययोजना बनाई कार्यन्वयन गर्ने गराउने  आग्रह  छ।

अल्पकालीन आश्रम केन्द्रको अधिकतम उपयोग, संरक्षण एवं प्रयोगका लागि प्रदेश र स्थानीय प्रशासन समेतबाट सुझाव माग गरी आगमी बैठकमा पेश गर्न आग्रह गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here