त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार ६ घण्टा बन्द हुने

31

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत ७ गते ६ घण्टा बन्द हुने भएको छ।

विमानस्थल कार्यालयले मंगलबार सूचना प्रकाशित गरी वैशाख ७ गते बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान-अवतरण बन्द रहने  जनाएको छ।
विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धी गर्ने उद्धेश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेको र सोही क्रममा विमानस्थल भित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने सूचनामा जनाइएको छ।

सो समयमा यात्रा गर्ने यात्रुहरुले सम्वन्धित एयरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन पनि विमानस्थलले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here