काठमाडाैं । सुरुमा नेकपा एमाले र माओवादीलगायतका दलसँगको गठबन्धनसँगै मन्त्रिमण्डल बिस्तार भएको दुई महिना नबित्दै पुन: मन्त्रीमण्डल बिस्तार भएको हो । गत पुस २७ गते मुख्यमन्त्री बनेका शर्माले माग ६ गते महिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला उनले एमाले र राप्रपासहितको समर्थनमा २५ मत पाएका थिए ।
तीन महिनामा तेस्रो पटक भएको मन्त्रीपरिषद् विस्तारमा भने नेकपा माओवादीसँगै नेपाली कांग्रेस सरकारमा गएको छ । अर्थमन्त्रीमा नेपाली कांग्रेसका वेदराज सिंह, पर्यटन तथा उद्योगमन्त्री कृष्णकुमार बीसी र सामाजिकमन्त्री खड्क पोखरेल र उर्जामन्त्रीमा नेकपा माओवादीकी उर्मिला विश्वकर्माले बिहीबार शपथ लिएका हुन् ।
नेकपा माओवादी र नेकपा एमालेले खर्च कटौती गर्ने भन्दै ७ वटा मन्त्रालय बनाएका थिए तर मन्त्रीको शपथ भने ८ जनाले लिएका थिए । मंगलबार साँझ बसेको मन्त्रिमण्डलको निर्णय अनुसार प्रदेश सरकार कार्यविभाजन निमावाली २०७४ को अनुसूची १ र अनुसूची २ हेरफेर गरेर ८ वटा मन्त्रालय बनाउने सरकारले निर्णय गरिएको छ । त्यसअनुरुप ८ वटा मन्त्रालय हुने भएका छन् ।
कर्णाली सरकारको अस्थिरता हुँदा बजेट खर्चमा समस्या देखिएको छ ।

















