उपत्यकाकै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा शुरु

41

काठमाडाैं । आजबाट काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा अर्थात वर्षा र सहकालको देवताको रुपमा पुजिदै आइरहेको रातो मच्छिन्द्रनाथको जात्रा शुरु हुने भएकाे छ ।

बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइने परम्परा रहेकाे छ । सहकालका देवताका रूपमा चर्चित मछिन्द्रनाथलाई  मत्स्यनाथ, गुरु करुणामय अनि स्थानीय भाषामा बुंगद्यका रुपमा पनि पुजिने चलन रहेकाे छ ।

करिब १६०० बर्ष भन्दा पहिलादेखि यस प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको मानिन्छ । मच्छिन्द्रनाथलाई अक्षया तृतीयाको दुई दिन अघि अर्थात् बैसाख शुक्ल प्रतिपदाको दिनमा रथमा विराजमान गराइने चलन रहेकाे छ भने अक्षया तृतीयाको भोलिपल्टबाट रथयात्रा सुरु गरिन्छ ।

रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाःबहाल पुर्याटइन्छ । गाःबहाल पुर्यााइदिने दिनको जात्रालाई गाःबहाःयाः भन्रे गरिन्छ । त्यसपछि क्रमशः सुन्धारामा नुगःयाः, लगनखेलमा लगंया, याकः मिसा भुज्याः पछि साइत अनुसार जावलाखेलमा रथ पु¥याएर भोटो जात्रा पछि जात्रा सम्पन्न हुने गर्दछ ।

करुणामय समेत भनिने रातो मच्छिन्द्रनाथलाई नाथ सम्प्रदायीहरुले मच्छिन्द्रनाथ, शैव धर्माबलम्बीले शिब, वैष्णबहरुले विरिञ्ची नारायण, सुर्यका उपासकले सूर्य, शाक्तहरुले शक्ति र बौद्ध धर्मावलम्बीहरुले आर्यावलोकितेश्वरको रुपमा मान्ने गर्छन् ।

किंवदन्ती अनुसार भक्तपुरका राजा नरेन्द्रदेब, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य र पाटनका रथचक्र ज्यापु र कर्कोटक नागराजा मिलेर रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याएको किम्वदन्ति यो जात्रासँग जोडिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here