काठमाडौं । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।
संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।