लडाकुलाई पैसा दिने निर्णय कांग्रेसले गरेको खुलासा

57

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको खुलासा गरेका छन् ।

गृह जिल्ला चितवनमा रहेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग संवाद गर्दै नेपाली कांग्रेस र एमालेको पहलमै वहिरगमित लडाकुलाई पैसा दिने निर्णय भएको जनाएका हुन् ।

२०७१ सालको कांग्रेस नेतृत्वको सरकारले अयोग्य लडाकुलाई पैसा दिने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेल र शान्तिमन्त्री टोपबहादुर रायमाझी भएको बेलाको निर्णय हो । त्यसबेला अदालतको कारण कार्यान्वयन हुन नसकेकाे जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here