पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि

16

काठमाडौं  । स्थानीय बजारमा पछिल्लो पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०७५ को वैशाख महिनामा प्रतितोला ५८ हजार तीन सय रुपैयाँ रहेको सुनको मूल्य चालु आवको वैशाख महिनामा आएर प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ पुगेको हो । पाँच वर्षको अवधिमा प्रतितोलामा ५३ हजार रुपियाँ पाँच सय रुपैयाँले मूल्य बढेको हो ।
ैै
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले २०७६ मा विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको जानकारी दिए । विश्वमा फैलिएको कोरोना महामारीपछि विश्वका धनी लगानीकर्ता सुनमा आकर्षित भएकाले यसको मूल्य बढेको उनको भनाइ छ ।

सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि यसतर्फ लगानीकर्ता आकर्षित हुँदा मूल्य बढ्न गएको उनको भनाइ छ । अमेरिका र चीनबीचको व्यापारयुद्धका कारणले गर्दा पनि सुनको मूल्यमा वृद्धि भएको उनको भनाइ छ । महासङ्घको तथ्याङ्कअनुसार पाँच वर्षमा सुनको मूल्य निरन्तरण उकालो लागेको हो । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here