नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व

38

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन् ।

ठगी गिरोहमा संलग्न भएको आरोपमा एमाले सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी बहालवाला सांसद पनि हुन् ।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनी कतै नभाग्ने भन्दै पक्राउ नगर्न घुमाउरो भाषामा दबाब दिएका थिए । अहिले रायमाझी सम्पर्कविहीन छन् ।

रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुईपटक भेटिसकेका छन् ।

झन्डै डेढ वर्षदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुँदा नियुक्ति प्रक्रिया अघि बढाउन र मुलुकका यावत् समस्यामा कुनै चासो नदिएका ओली अहिले रायमाझीलाई जोगाउन भने सक्रिय छन् । आजको नागरिक दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here