रियल म्याड्रिडले कोपा डेल रे फुटबलको उपाधि जित्याे

37

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

रियलले नौ वर्षपछि यस उपाधि जितेको हो । समग्रमा २०औं पटक च्याम्पियन बनेको रियल यसअघि सन् २०१४ मा च्याम्पियन बनेको थियो । रियलको जितमा दुवै गोल रोड्रिगोले गर्नुभयो ।

ओसासुनाका लुकास टोरोले सान्त्वना गोल फर्काउनुभयो । रोड्रिगोले १०६ सेकेन्ड र ७०औं मिनेटमा गोल गर्नुभयो । लुकासले ५८औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here