सेयर बजारमा १९.१२ अङ्कले गिरावट

62

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ। आइतबारको कारोबार सकिँदा सेयर बजारमा १९.१२ अङ्कले गिरावट आउँदै नेप्से परिसूचक १८५० कायम हुन पुगेको छ।

पछिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अङ्कले बढेको सेयर बजार अर्को कारोबार दिनमै भारी गिरावट हुन पुगेको छ। बिहीबार नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ बिन्दुमा पुगेको थियो।

यस्तै, आइतबारको कारोबार रकम ६० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। यो रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा करिब ११ करोडले कम हो। आइतबार २३ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ८ को भने स्थिर रहेको छ।

यस्तै, उपसमूहका सबै सूचकमा भने गिरावाट आएको छ। आइतबार बैंकिङमा ९, विकास बैंकमा ३४, फाइनान्समा १९, होटल तथा पर्यटनमा ६३, जलविद्युतमा ४८, जीवन बीमामा ४०, उत्पादनमा ६, माइक्रोफाइनान्समा ४१, निर्जीवन बीमामा १०२, अन्यमा १० र व्यापार उपसमूहमा १० अङ्कको गिरावट आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here