बेलायती डिफेन्स स्टडिजको टोली नेपालमा

45
प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग सोमबार जङ्गी अड्‌डामा शिष्टाचार भेटघाट गर्नुहुँदै संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिज् का कमान्डर रथी सर जर्ज नोटन । तस्बिर सौजन्यः जंङ्गी अड्‍डा जनसम्पर्क तथा सूचना निर्देशनालय / रासस
काठमाडौं । संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका कमान्डेन्ट सेवानिवृत्त लेफ्टिनेन्ट जनरल सर जर्ज नोर्टनको नेतृत्वमा  कलेजका शिक्षक र शिक्षार्थी नेपालको अध्ययन भ्रमणमा आएको छ।

नेपालको छ दिवसीय अध्ययन भ्रमणमा १९ सदस्सीय टोली आज यहाँ आइपुगेको हो। टोलीका प्रमुख नोटर्नले सोमबार प्रधानसेनापति प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। टोलीले जङ्गी अड्डा, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवं पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम छ। विभिन्न राष्ट्रमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीले एक–अर्का मुलुकको अध्ययन भ्रमण गर्ने चलन छ।

नेपालमा मित्रराष्ट्रबाट हुने यस्ता भ्रमणले सम्बन्धित देशसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नेछ । नेपालको पर्यटन प्रवर्द्धनमा समेत यस खाले भ्रमणबाट टेवा पुग्ने सेनाले विश्वास लिएको छ। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here