प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने फिल्म चल्छ

26

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी छ भने नेता होस् कि नाता कोही पनि छुट्नु नहुने जनाएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकबमो बजेटको सिद्धान्त र प्राथकिताको छलफलमा सहभागी हुँदै सांसद थापाले उक्त कुरा जनाएका हुन्।

‘सुशासनमा आधारित रहेर भ्रष्टाचारमा शून्य सहनशीलता र त्यसको आधारमा सुशासन प्रत्याभूत हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरण यस्तो बेला आएको छ कि सरकारले कसरी डिल गर्छ, यसैले बाँकी रहेको कुरा निर्धारण गर्छ। अहिलेसम्म जे भएको छ, त्यसको म प्रशंसा गर्छु,’ थापाले भने।

उनले यो सन्दर्भमा प्रधानमन्त्री र गृहमन्त्रीलाई हार्दिक बधाई समेत दिएका छन्। ‘यसमा हामी सबैको एउटै आवाज छ, संलग्न जोसुकै होस्, जुनसुकै दलको होस्, जुनसुकै तहको होस्, कारबाहीको दायरामा आउनै पर्छ।

बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस्,’ थापाले भने, ‘यो प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने फिल्म चल्छ। हाउसफूल हुन्छ। नभए हल खाली हुन्छ। सबैले हेरेको छ। यहाँ अनुसन्धान गरेर मात्र हुँदैन, नागरिकलाई विश्वास हुनुपर्छ।’ बुधबार बिहान मात्रै यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here