सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन

19

काठमाडौं । सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।

नेपालमा सुर्तीजन्य कम्पनीले खुद्रा किनारा पसल, होलसेल किराना पसललगायत अन्य पसलको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले केन्द्रले मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने )ऐन २०६८, को दफा १०, सुर्तीजन्य  पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा विपरीत भएकोले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिँडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिएको सूचनामा उल्लेख छ ।

यदि टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन ,२०६८ को दफा  १७ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय÷जरिवाना गर्ने  चेतावनी केन्द्रले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here