संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

146

काठमाडौं ।  संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।

सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि उनीहरूले खबरदारी गरेका हुन्। शिक्षामा कूल बजेटको कम्तीमा २० प्रतिशत लगानी गरिनुपर्ने मागसमेत उनीहरूको छ। यस्तै विद्यालय कर्मचारीले उठाएका माग पूरा गर्न पनि उनीहरूले सरकारलाई आग्रह गरेका छन्।

बालशिक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता दिनुपर्ने, संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्नेजस्ता माग राखेर उनीहरूले प्रदर्शनसमेत गरेका हुन्।

६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्नसमेत सरकारसँग उनीहरूको माग छ। साथै नेपाल शिक्षक महासंघसँग यसअघि भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here