ॐ माता मनकामना जेनि ट्रस्टबाट ७८ बाेरा चामल वितरण

70

काठमाडौं । ऊँ माता मनकामना शक्तिशाली दियो अभियान चलाई रहेको ॐ माता मनकामना जेनि ट्रस्टले  दिनदुखि तथा अर्नाथहरूमा समेत सेवारत संस्थालाई ७८ बाेरा चामल वितरण गरिएकाे छ ।

आमा तथा बृद्वा आश्रम आमाघर सुन्दरीजललाई २८ बोरा चामल तथा फलफुल बैशाख २६ गते मंगलबार वितरण गरिएकाे छ । दृष्टिबिहिन आमा तथा बृद्वा आश्रम आमाघरका अध्यक्ष टेक बहादुर मगरले कुनै पनि काम गर्दै जादा गल्ती नहुने भन्ने हुँदैन तर सामाजिक सञ्चाजल टिकटकमा ॐ माता मनकामना जेनि ट्रस्टकाे हुँदै नभएको कुरा गलत भ्रामक कुराको प्रचार गरिरहेको कारण सम्पूर्ण भक्तजनहरूलाई मिडियापछि नलाग्न अनुरोध गरेका छन् ।

दृष्टिबिहिन आमाघरलाई २८ बोरा चामल वितरण

दृष्टिबिहिनमात्रै नभई अपांग भएका, बृद्धबृद्वा, आमाहरु, मानसिक असन्तुलन भएका तथा जन्मिदा ७, ८ महिनामा अपांग हुनु भएकाहरुलाई लालन पालन व्यवस्था गरिएको सो संस्थालाई माग बमोजिम आगामी दिनमा कापी, कलम वितरण गरिने छ ।

यसका अलावा ऊँ माता जेनि ट्रष्टले गत बिहिबार बैशाख २८ गते जय महांकाल युवा समुहलाई पचास बोरा चामल सहयोग गरिएको छ ।

भोकालाई भोजन, प्यासीलाई पानी भन्ने नाराका साथ निःशुल्क भोजन गराउँदै अघि बढिरहेको बढिरहेको संस्थालाई चाम हस्तारण गरी सेवा गर्न पाउँदा खुशी लागेको ऊँ माता जेनि ट्रष्टका अध्यक्ष रामकुमार खड्गीले जनाउँदै आगामी दिनमा यस्तै मानवीय सेवामा निरन्तरता जनाउनु भयो ।

बृद्ध, बृद्धा, गरिब, सडक बालबालिका, अपांग अदिको सेवा गर्दै आइरहेको सो संस्थाको निःशुल्क भोजन अभियान ११ सय दिन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here