माकेका नेताहरु चीन भ्रमणमा प्रस्थान गर्दै

34

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा प्रस्थान गर्ने भएकाे छ ।

अनुभव आदान-प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो ।

आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा जान लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले बतायो ।

भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरु सहभागी हुने बताइएको छ ।

यसअघि नेकपा एमालेका नेताहरुको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here