भव्य रूपमा नेवाः सुपरस्टार सिरपा कार्यक्रम सम्पन्न

81

काठमाडौं । ग्लोबल नेवाः नेटवर्ककाे आयोजनामा ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ।

नेपाल भाषा चलचित्र निर्माणको चार दशकपछि भएकाे प्रतियोगितात्मक कार्यक्रममा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता घोषित भए।

त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए। प्रतियोगितामा कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा पाल्नु भएकाे थियाे ।

प्रतियोगिताका लागि २०७७ सालमा प्रतिष्पर्धी छनोट भएका थिए। विजेताले विभिन्न पुरस्कार प्राप्त गरे। कार्यक्रम संयोजक सुरेन्द्र तुलाधरका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै गायकगायिकाले नेपाल भाषाका गीत गाएका थिए।

नेटवर्कका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यासुन्दर शाक्य, गोपालकाजी कायस्थ, प्रकाश सायमी, पल्पसा डंगोल, विजयरत्न तुलाधर र यमन श्रेष्ठलगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here