सुलक्षणकीर्ति बिहार प्रमुख डा.अनोजा गुरुमां दिवंगत

133

काठमाडौं । नेपालको थेरबाद बुद्ध धर्ममा महत्वपूर्ण योगदान गर्नु भएका सुलक्षणकीर्ति बिहार प्रमुख डा.अनोजा गुरुमां दिवंगत हुनुभएको छ ।
सुलक्षणकीर्ति बिहारले जानकारी गराए अनुसार उहाँ आज जेष्ठ ३ गते बिहान १:२२ बजे दिवंगत हुनुभएको हो ।
बिहारले यस दुखद समाचार सुनाउनु पर्दा दुःख र मर्माहत भएको र उहाँका अनन्त गुणहरु स्मरण गर्दै भाव विह्वल हुँदै उहाँप्रति हार्दिक श्रद्वांजली अर्पण गर्दै निर्वाणको कामना गर्दछ भनी शोक विज्ञप्ति प्रकाशित गरेको छ ।
सुलक्षण कीर्ति बिहार परिवार चौभार कीर्तिपुरका संस्थापक , बृद्ध होस्टेल ,अस्पताल र बौद्ध अध्ययन गर्ने क्याम्पसको परिकल्पना गरेका उहाँ बुद्ध धर्ममा पिएचडी गर्ने पहिलो गुरुमां हुनुहुन्छ ।
गुरुमांको छोटो जीवनी यस भिडियो मार्फत प्रस्तुत गरी गुणानुस्मरण गर्दै निर्वाण कामना गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here