ऐश्वर्या राय २१ पल्ट कान्स फिल्म फेस्टिवलमा सहभागी

75

मुम्बइ । अभिनेत्री ऐश्वर्या राय निरन्तर २१ पल्ट कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । ७६ औं कान्स फेस्टिवलमा सहभागी हुने क्रममा उनले एलिगेन्ट लङ ट्रेल गाउन पहिरिएकी थिइन्। उक्त् पहिरनका कारण सामाजिक सञ्जालमा उनीमाथि मजाक उडाउन थालिएको छ।

उनको उक्त पहिरनलाई विभिन्न कुराहरुसँग दाँजेर ट्रोल गरिएको छ। सोफी काउटरले डिजाइन गरे उक्त गाउनमा उनी गिफ्ट प्याक जस्तो देखिएको धेरैको कमेन्ट रहेको छ। कतिले ‘कोही मिल गया’ फिल्मको जादू जस्तै देखिएकी बताएका छन्। यसलाई लिएर धेरै मिम्सहरु निर्माण भइरहेका छन्।

सन् २००२ मा पहिलोपल्ट उनी कान्समा डेब्यु गरेकी थिइन्। ऐश्वर्या पहलोपल्ट शाहरुख खानसँग सहभागी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here